५ प्रदेशमा भारी वर्षा हुने, ३२ जिल्लामा बाढीको जोखिम

५ प्रदेशमा भारी वर्षा हुने, ३२ जिल्लामा बाढीको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– देशका ३२ भन्दा बढी जिल्लामा आज आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाले बिहीबार जारी गरेको बुलेटिन अनुसार ३२ जिल्ला र त्यस आसपासका खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना देखिएको हो।

आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, संखुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, हुम्ला, बझाङ, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना छ।

यस्तै आज कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागका तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।