काठमाण्डु – वर्षासँगै देशका केही जिल्लामा सोमबार पनि आकस्मिक बाढीको जोखिमको पूर्वानुमान छ । कतिपय सानाठूला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले काठमाण्डुसहित २८ जिल्ला र आसपास भएर बग्ने खोला तथा नदीमा आकस्मिक बाढी आई जोखिम हुने सम्भावना रहेको जानकारी दिएको छ।
काठमाण्डु, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोक जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको उच्च जोखिमको सम्भावना छ।
यसैगरी ताप्लेजुङ, झापा, धनकुटा, संखुवासभा, सोलुखुम्बु, उदयपुर, दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, पाल्पा, गुल्मी, चितवन, नवलपरासीपूर्व, नवलपरासीपश्चिम र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको बाढी महाशाखाले जनाएको छ।
दूधकोसी, बूढीगण्डकी, मरस्याङ्दी, सेती, कन्काईलगायत केही ठूला नदीमा पनि बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।






प्रतिक्रिया