बाढीबारे चिनियाँ पक्षले दियो नयाँ सूचनाः ल्हेन्दे होलाको माथिल्लो भागमा ठूलो मात्रामा पानी जमेको खुलासा

बाढीबारे चिनियाँ पक्षले दियो नयाँ सूचनाः ल्हेन्दे होलाको माथिल्लो भागमा ठूलो मात्रामा पानी जमेको खुलासा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– उत्तर छिमेकी चीनले बुधबार बिनासकारी बाढी आएको ल्हेन्दे खोलाकोे माथिल्लो क्षेत्रमा ठूलो परिमाणमा पानी जमेका कारण भोटेकोशी नदीमा पुनः बाढी आउन सक्ने चेतावनी दिएको छ ।


त्यहाँको जलश्रोत मन्त्रालयले ल्हेन्दे खोलाको माथिल्लो भागमा हिमपहिरोपछि ठूलो ताल बनेको जनाएको छ ।

चीनको छोचेन खोला र नेपालको पुरेपु त्याङ्कपो खोलाको दोभानमा हिमपहिरो खसेर पानी थुनिएपछि ठूलो ताल बनेको जनाएको हो । उक्त तालबाट पानी बाहिर आउन सुरु भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

चिनियाँ अधिकारीहरुलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले तालमा करिब २० लाख घनमिटर पानी जम्मा भइसकेको लेखेको छ । समाचारमा जनाइएअनुसार तालमा हिमपहिरो खसेर पानी जम्मा हुने क्रम पनि जारी छ ।

बुधबार बिहान सोही स्थानबाट आएको बाढीले नेपालको रसुवा, नुवाकोट र धादिङसहित तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।