काठमाण्डु– चीनतर्फ पहिरो खसेपछि भोटेकोशी नदी थुनिएको छ । बिहीबार बिहान भोटेकोशी गाउँपालिका–२, लिपिङको पारिपट्टि चीनतर्फको न्यालमस्थित झिम्मु पोस्ट लिपिङपारि भिरबाट ढुङ्गामाटोसहितको पहिरो खस्दा भोटेकोशी नदी आधा थुनिएको हो ।
पहिरो खसिरहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गरेको छ। जुनसुकै बेला पनि विपद्जन्य घटना निम्तिन सक्ने सम्भावना रहेको भन्दै तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
सूचनामा भनिएको छ ‘सिन्धुपाल्चोक जिल्ला स्थित भोटेकोशी गा.पा. २ लिपिङ्गको पारिपट्टी चाईना तर्फको न्यालम स्थित झिम्मु पोष्ट लिपिङ्ग पारी भिरबाट ढुङ्गामाटो सहितको पहिरो खसिरहेको र चाईनाबाट नेपालतर्फ बहने भोटेकोशी नदीको बहावलाई आधाजति रोकेको अवस्थामा रहेको जानकारी स्थानिय प्रहरीबाट प्राप्त भएको हुँदा भोटेकोशी नदी/सुनकोशी नदीको दोलालघाट नदी तटिय क्षेत्र सम्म अर्को सुचना जारी नभए सम्म सर्तकता अपनाउनहुन अनुरोध छ।’




प्रतिक्रिया