सुदूरपश्चिममा तीन दिनसम्म बाढी आउने, सतर्क रहन आग्रह


काठमाडौं – आज पश्चिमी क्षेत्रमा भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाल जनाएको छ ।

बाढी पूर्वानुमान महाशाखाले आज (शुक्रबार) र भोलि (शनिबार) सुदूरपश्चिम प्रदेशका भारी वर्षाका कारण नदीनालामा बाढी आउने सम्भावना रहेको भन्दै त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आह्वान गरेको छ ।

आज सूचना जारी गर्दै महाशाखाले उक्त प्रदेशका तराई तथा पहाड दुवै क्षेत्रका नदीनालाहरू आज र भोलि उल्लेख्य रूपमा बढ्न सक्ने उल्लेख गरेको छ ।

कञ्चनपुर, कैलाली, डडेलधुरा, डोटी लगायत जिल्लाहरूका स–साना खोलाहरूमा पनि आकस्मिक रूपमा बहाव बढ्न सक्ने उल्लेख गर्दै नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पर्सी (आइतबार) भने देशको मध्य क्षेत्रमा सतर्कता अपनाउन जरुरी रहेको पनि महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement