आजको मौसम : देशभर भारी वर्षा, यी ठाउँमा बाढीपहिरोेकाे खतरा


कााठमाडौं – देशका मध्य र पूर्वका केही स्थान र पश्चिम क्षेत्रका अधिकांश स्थानहरुमा मनसुनी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिम भेगका एक दुई स्थानहरुमा र मध्य तथा पूर्वी नेपालका थोरै स्थानहरुमा भारी वर्षाको संभावना भएकोले ती क्षेत्रका नदीहरुमा जलको वहाव, स्तर बढन सक्ने र पहाडी क्षेत्रहरुमा पहिरोहरुको जोखिम बढ्न सक्ने भएकोले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

वर्षाका कारण हवाई तथा सडक यातायातमासमेत अवरोध आउन सक्ने महाशाखाद्वारा जारी मौसमसम्बन्धी बुलेटिनमा उल्लेख छ ।

मनसुन न्यूनचापीय रेखा नेपालको नजिक रहेकाले देशभर नै वर्षा हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement