बाढीपहिरोको जोखिम कायमै, १९ जिल्लामा ‘एल्लो अर्लट’ जारी (सूचनासहित)

बाढीपहिरोको जोखिम कायमै, १९ जिल्लामा ‘एल्लो अर्लट’ जारी (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – केही दिनदेखि परिरहेको अविरल वर्षाका कारण बाढीपहिरोको जोखिम बढेको छ । वर्षाका कारण धेरै ठाउँमा बाढी र पहिरो आएको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शनिबार १९ जिल्लामा बाढीपहिरोको जोखिम रहेको जनाउँदै ‘एल्लो अलर्ट’ जारी गरेको छ ।

महाशाखाकाअनुसार शनिबार बिहान बाढी मापन गर्दा कोसी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीको बहाब सतर्कता तहभन्दा तल छ । तर नारायणी, कर्णाली जलाधारका केही जलमापन केन्द्रमा जलसतह बढ्दो देखिएको छ ।

शनिबार संखुवासभा, ओखलढुंगा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ ।

यस्तै काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, पाल्पा र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना रहेकाले ती जिल्लाका नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ । यी १९ जिल्लालाई बाढी महाशाखाले पहेँलो रङ अर्थात् एल्लो अलर्ट दिएको छ ।

साथै इलाम, झापा, मोरङ, ताप्लेजुङ, सुर्खेत, दैलेख, रुकुमपश्चिम, रुकुमपूर्व, सल्यान, जाजरकोट, कालिकोट, अछाम, बझाङ, डोटी र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने सम्भावना देखिएकाले ती जिल्लास्थित नदीका तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन जरुरी रहेको महाशाखाले जनाएको छ ।