काठमाण्डु– रसुवाको टिमुरे बजारमा बुधबार बिहान आएको आकस्मिक बाढीले बजार क्षेत्रका बस्तीमा क्षति पुर्याएको छ। बाढीका कारण सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बीओपी)बाट ड्युटीमा खटिएका इन्स्पेक्टर अम्बिर खत्रीसहित ९ जना सम्पर्कविहीन भएका छन्।
बिहान करिब ९ बजे आएको बाढीले टिमुरे बजारका बस्ती तथा संरचनामा क्षति पुर्याएको प्रारम्भिक जानकारी छ। सशस्त्र प्रहरीको बीओपीमा भने कुनै क्षति नभएको बताइएको छ।
स्रोतका अनुसार बीओपीमा कार्यरत ३० जनामध्ये ६ जना बिदामा रहेका थिए भने १५ जना सुरक्षित सम्पर्कमा छन्। बाँकी ९ जना भने बाढीपछि सम्पर्कविहीन भएका हुन्।
यस्तै, नेपाल प्रहरीका केही कर्मचारीसमेत सम्पर्कमा नरहेको बताइएको छ। घटनाकोविस्तृत विवरण तथा बाढीबाट भएको मानवीय र भौतिक क्षतिको यकिन विवरण आउन बाँकी छ।
घटनास्थलमा उद्धार तथा खोजी कार्यका लागि सुरक्षा निकाय परिचालन गरिएको प्रधानमन्त्री बालेन्द्र शाहले जनाएका छन् ।




प्रतिक्रिया