बाढीले पुल बगाउँदा पूर्व पश्चिम राजमार्ग ठप्प

बाढीले पुल बगाउँदा पूर्व पश्चिम राजमार्ग ठप्प


काठमाण्डु-पूर्व पश्चिम राजमार्ग अन्तर्गत बर्दिबासबाट लगभग ७ किलोमिटर पश्चिम टुटेश्वर चोक नजिकैको ढुङ्ग्रेखोलाको पुल बाढीले बगाएको छ ।

रातिदेखि परेको अबिरल वर्षाका कारण खोलामा आएको बाढीले पुल बगाएको हो ।

पुल बाढीले बगाएपछि अहिले सो राजमार्गमा यातायात ठप्प बनेको छ ।