भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या २७० पुग्यो, चितवनमा मात्र १०८ जनाको शव फेला

भोटेकोसी बाढी : मृत्यु हुनेको संख्या २७० पुग्यो, चितवनमा मात्र १०८ जनाको शव फेला

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– भोटेकोसीमा आएको बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ।

नेपाल प्रहरीले बिहीबार गराएको जानकारी अनुसार दिउँसो साढे १ बजेसम्म २७० जनाको शव फेला परेको हो ।

चितवनमा मात्रै १०८ जनाको शव फेला परेको छ। त्यस्तै पूर्वनवलपरासीमा ६२, पश्चिम नवलपरासीमा १५, धादिङमा २७ जनाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै गोरखामा २०, नुवाकोटमा १२, तनहुँमा ९ र रसुवामा १७ जनाको शव फेला परेको छ। यस अवधिमा उद्धारका लागि ४ हजार ५० जना प्रहरी परिचालित भएका छन् ।