रसुवा बाढी : १ हजार २९४ जनाको मृत्यु, ५ हजार बढी बेपत्ता

रसुवा बाढी : १ हजार २९४ जनाको मृत्यु, ५ हजार बढी बेपत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– रसुवा बाढीमा परी हालसम्म १ हजार २९४ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीपछि ५ हजार ५३ जना अझै बेपत्ता छन् भने १३ हजार ९५ जनाको उद्धार गरिएको छ ।

रसुवा, नुवाकोट र धादिङका ३७ वटा होल्डिङ सेन्टरमा ४ हजार ६२७ जना आश्रय लिएर बसिरहेका छन् ।

बाढीले ७ हजार ५७० घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको प्रारम्भिक विवरण छ । ३२ हजार ९३३ जना प्रत्यक्ष प्रभावित भएका छन् ।

विपद्का कारण ४८ सरकारी संरचना, १८ विद्यालय र ७ स्वास्थ्य संस्थामा क्षति पुगेको छ । ५५ किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त हुँदा ३७ मोटरेबल तथा ६८ झोलुङ्गे पुलमा समेत क्षति पुगेको प्राधिकरणले जनाएको छ ।

बाढीले कृषिक्षेत्रमा पनि ठूलो क्षति पुर्‍याएको छ । १ हजार ८०६ हेक्टर कृषियोग्य जमिन नष्ट हुँदा करिब ७ हजार ६८६ मेट्रिक टन खाद्यान्न उत्पादन घट्ने प्रारम्भिक अनुमान गरिएको छ ।

ऊर्जा क्षेत्रमा समेत बाढीको गम्भीर असर परेको छ । ३ जलविद्युत् आयोजना, १ सोलार प्लान्ट र २ प्रसारण लाइनमा क्षति पुगेपछि ७८३ मेगावाट विद्युत् उत्पादन प्रभावित भएको प्राधिकरणले जनाएको छ ।