आज यी २४ जिल्लामा बाढीको खतरा

आज यी २४ जिल्लामा बाढीको खतरा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज शनिबार देशका २४ जिल्ला र आसपासका क्षेत्रमा बाढी आउने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले २४ जिल्लामा बाढीको चेतावनी र ११ वटा जिल्लामा एल्लो वारेन्ट जारी गरेको हो ।

आज इलाम, धनकुटा, तेह्रथुम, पाँचथर, संखुवासभा, सोलुखुम्बु, भोजपुर, खोटाङ, ओखलढुंगा, झापा, मोरङ, सुनसरी, धनुषा, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूमा बहाब बढ्ने सक्ने पूर्वानुमान रहेकाले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनहुन अनुरोध छ। महाशाखाले भनेको छ ।

महाशाखाले गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, बैतडी, दार्चुला, बझाङ, डोटी र डडेलधुरा जिल्लालाई पहेँलो रङ दिएको हो। यसको अर्थ सामान्यभन्दा अलि बढी मध्यम जोखिम हो।