आज यी ३८ जिल्लामा बाढी आउने सम्भावना, सतर्क रहन आग्रह

आज यी ३८ जिल्लामा बाढी आउने सम्भावना, सतर्क रहन आग्रह


काठमाण्डु– हाल काठमाण्डु उपत्यकासहित देशका अधिकांस स्थानमा पानी परिरहेको छ ।

जल तथा मौसम विज्ञान विभागले आज (असार २) सोमबार देशका ३८ जिल्ला र आसपासका क्षेत्रमा बाढी आउने सम्भावना रहेको जनाएको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले ३८ जिल्लामा बाढीको चेतावनी र १४ जिल्लामा एल्लो वारेन्ट जारी गरेको हो ।

आज इलाम, धनकुटा, भोजपुर, तेह्रथुम,ओखलढुङ्गा , ताप्लेजुङ्ग,, संखुवासभा,, सोलुखुम्वु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, रौतहट, सल्यान, गोरखा, तनहुँ, स्याङजा, लमजुङ्ग, कास्की, पर्वत, बाग्लुङ, म्याग्दी, जाजरकोट, दाचुर्ला, बझाङ, डोटी, डडेलधुरा, कैलाली, कन्चनपुर बाकेँ, दाङ , रुकुम पश्चिम, रुकुम पूर्व रुपन्देही प्यठुान र आसपासका जिल्ला भई बहन अधिकांश स–साना नदीहरुमा सामान्य वहाव बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज १५ बढी ठुला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।