आज काठमाण्डुसहित ३७ जिल्लामा बाढीको जोखिम, १८ जिल्लामा एल्लो वारेन्ट

आज काठमाण्डुसहित ३७ जिल्लामा बाढीको जोखिम, १८ जिल्लामा एल्लो वारेन्ट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागले आज (असार ३) मंगलबार देशका ३७ जिल्ला र आसपासका क्षेत्रमा बाढी आउने सम्भावना रहेको जनाएको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले ३७ जिल्लामा बाढीको चेतावनी र १८ जिल्लामा एल्लो वारेन्ट जारी गरेको हो ।

महाशाखाले आज पाँचथर, तेह्रथुम, ओखलढुङ्गा, ताप्लेजुङ्ग, धनकुटा, भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ, काभ्रे, मकवानपुर, काठमाण्डु,, गोरखा, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपुर पुर्व, नवलपुर पश्चिम, अर्घाखाचीं, पाल्पा, रुपन्देही, बाँके, दाङ, प्युठान, जाजरकोट, बैतडी, दार्चुला, बझाङ, डोटी, डडेलधुरा र आसपासका जिल्ला भई बहने अधिकांश स–साना नदीहरुमा बहाव सामान्य बढ्ने पूर्वानुमान रहेकोले नदी तटीय क्षेत्रमा सतर्कता अपनाउनुहुन अनुरोध छ ।

यस्तै आज भोजपुर, संखुवासभा, सोलुखुम्बु, दोलखा, सिन्धुपाल्चोक, सिन्धुली, खोटाङ,गोरखा, तनहु, लमजुङ, कास्की, स्याङजा, पर्वत, बाग्लुङ, म्याग्दी, नवलपुर पुर्व, पाल्पा र रुपन्देहीलाई एल्लो वारेन्ट जारी गरेको छ ।

पहेलो रङले जलसतह सतर्कता तह आसपास पुग्ने र बाढीको मध्यम जोखिम रहेको संकेत गदर्छ ।

यस्तै आज देशभरका १६ ठुला नदीमा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।