आज यी ३३ जिल्लामा बाढीको जोखिम

आज यी ३३ जिल्लामा बाढीको जोखिम


काठमाण्डु– जल तथा मौसम विज्ञान विभागले आज (असार ८) गते आइतबार देशका ३३ जिल्ला र आसपासका क्षेत्रमा बाढी आउने सम्भावना रहेको जनाएको छ ।

विभागको बाढी पूर्वानुमान महाशाखाले ३३ जिल्लामा बाढीको चेतावनी जारी गरेको हो ।

आज इलाम,पांचथर, धनकुटा, उदयपुर, काभ्रेपलान्चोक, सिन्धुली, मकवानपुर, चितवन, नवलपरासी पुर्व, गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङजा, बाग्लुङ,दांङ, पुठान, सल्यान, रोल्पा, भोजपुर, खोटाङ, ओखलढुंगा, झापा, सुनसरी, मोरंङ, जाजरकोट, डोटी, अछाम, बझाङ, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले उक्त नदी तटीय क्षेत्रहरूमा सामान्य सतर्कता अपनाउन अनुरोध समेत गरेको छ।

यस्तै आज १० ठुला नदिमा पानीको बहाव उल्लेख्य रुपमा बढ्ने महाशाखाले जनाएको छ । आज बिहानको मापन अनुसार कोशी, कर्णाली, नारायणी, महाकाली, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, कन्काई र यसका सहायक नदीहरुको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा रहेको सूचनामा उल्लेख छ।