काठमाण्डु– आज असार १० गते मंगलबार देशका ५६ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको छ ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ५६ जिल्लामा बाढी र ३५ जिल्लामा एल्लो वारेन्ट जारी गरेको छ ।
आज झापा, इलाम, पाँचथर, संखुवासभा, धनकुटा, दोलखा, सिन्धुपाल्चोक, उदयपुर, सिन्धुली, काभ्रेपलाञ्चोक, नुवाकोट, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, रौतहट, गोरखा, तनहुँ, कास्की, पर्वत, पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रुपन्देही, सल्यान, दैलेख, सुर्खेत, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको महाशाखाले जनाएको छ । यी ३५ जिल्लामा एल्लो वारेन्ट जारी गरिएको छ । ।
यस्तै मोरङ, सुनसरी, ताप्लेजुङ, खोटाङ, सिराहा, धनुषा, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, रुकुम पूर्व, प्युठान, कपिलवस्तु, दाङ, रुकुम पश्चिम, जाजरकोट, कालिकोट, डोटी, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई वहने केही ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम रहेको महाशाखाले जनाएको छ।
आज देशका १३ ठुला नदिहरुको पानीको बहाव उल्लेख्यरुपमा बढ्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया