काठमाण्डु, ललितपुर र भक्तपुरसहित ३५ जिल्लामा बाढीको जोखिम

काठमाण्डु, ललितपुर र भक्तपुरसहित ३५ जिल्लामा बाढीको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज असार १२ गते बिहीबार देशका ३५ जिल्ला र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज ३५ जिल्लामा बाढी आउन सक्ने पूवार्नुमान गरेको छ ।

आज मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाण्डु, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र झापा, इलाम, मोरङ, ताप्लेजुङ, संखुवासभा, भोजपुर, सिन्धुली, बारा, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्यागदी, रुकुमपूर्व, रुकुमपश्चिम, जाजरकोट, कालिकोट, दैलेख, अछाम, सुर्खेत, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम रहेको महाशाखाले जनाएको छ ।

यस्तै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।