२९ जिल्लामा ‘एल्लो अलर्ट’ जारी गर्दै बाढी महाशाखाले भन्यो- यी ५ क्षेत्रमा सतर्कता अपनाउनु

२९ जिल्लामा ‘एल्लो अलर्ट’ जारी गर्दै बाढी महाशाखाले भन्यो- यी ५ क्षेत्रमा सतर्कता अपनाउनु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आज असार १५ गते आइतबार देशका २९ जिल्लामा बाढीको जोखिम रहेको छ ।

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज २९ जिल्लामा बाढीको जोखिम रहेको भन्दै एल्लो वारेन्ट जारी गरेको हो ।

आज कैलाली, कञ्चनपुर, बर्दिया, सुर्खेत, डोटी, बैतडी, दार्चुला, काठमाडौँ, ललितपुर, भक्तपुर र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ ।

यस्तै पर्वत, बागलुङ, रोल्पा, म्याग्दी, प्युठान, गुल्मी, दाङ, बाँके, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, अर्घाखाँची, रुकुमपश्चिम, सल्यान, जाजरकोट, कालिकोट, दैलेख, अछाम, डडेलधुरा, बझाङ र आसपासका जिल्ला भई वहने केही ससाना नदीको पनि बहाब उल्लेख्य बढ्ने पूवार्नुमान रहेको छ ।

यस्तै महाकाली र पश्चिम सेतीसहित १४ ठुला नदिमा आज पानीको बहाव उल्लेख्य रुपमा बढ्ने भएकाले सचेत रहन समेत महाशाखाले अनुुरोध गरेको छ ।

आज पहेँलो लगाइएका जिल्लाका लागि ५ क्षेत्र तोक्दै सतर्कता अपनाउन चेतावनी दिइएको छ।

–पहाडी तथा चुरे क्षेत्रका भिरालि तथा पहिरोग्रस्त क्षेत्रका बस्तीहरू

–नदी किनार तथा खोला आसपासका बस्तीहरू

–मुख्य तथा सहायक सडक यातायात

–जलविद्युत् आयोजना तथा नदी क्षेत्रमा निर्माणाधीन संरचना

–कृषि क्षेत्र तथा सिँचाइ प्रणाली