आज उपत्यकासहितका २३ जिल्लामा बाढीको जोखिम

आज उपत्यकासहितका २३ जिल्लामा बाढीको जोखिम

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज देशका २ दर्जन जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ। बाढी पूर्वानुमान महाशाखाले आज २३ जिल्लामा बाढीको जोखिम रहेको जनाएको हो ।

महाशाखाका अनुसार आज मकवानपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाण्डु, भक्तपुर, ललितपुर, लमजुङ, कास्की, तनहुँ, बाग्लुङ, म्याग्दी, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी पश्चिम, बर्दिया, दार्चुला, बझाङ, बैतडी, डडेल्धुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीहरूमा आकस्मिक बाढीको सम्भावना रहेको छ।

आज बिहान जारी बुलेटिन अनुसार कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली र यिनका सहायक नदीहरूसँगै कन्काई, कमला, बबई, पूर्वी राप्ती र पश्चिम राप्ती नदीको बहाव भने सतर्कता तह भन्दा तल रहेको छ।