बाढी महाशाखाले जारी गर्‍यो २५ जिल्लामा ‘एल्लो अलर्ट’

बाढी महाशाखाले जारी गर्‍यो २५ जिल्लामा ‘एल्लो अलर्ट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज २५ जिल्लामा एल्लो अलर्ट जारी गरेको छ ।

महाशखाले काठमाण्डु, ललितपुर, भक्तपुरसहित २५ जिल्लामा बाढीको मध्यम जोखिम देखाउँदै एल्लो अलर्ट जारी गरेको हो ।

आज कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, सुर्खेट, सल्यान, रोल्पा, प्याठान, जाजरकोट, दैलेख र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सम्भावना उच्च रहने छ ।

यस्तै सिन्धुपाल्चोक काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, स्यांग्जा, बागलुङ, पर्वत, पाल्पा र आसपासका जिल्लाका स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम मध्यम रहेको महाशाखाले जनाएको छ ।

आज ९ ठुला नदिमा पानीको बहाव उल्लेख्य बढ्ने भएकाले सतर्कता अपनाउन समेत महाशाखाले अनुरोध गरेको छ ।