आज यी प्रदेशमा भारी वर्षा हुने, राजधानीसहित ३५ जिल्ला उच्च जोखिममा

आज यी प्रदेशमा भारी वर्षा हुने, राजधानीसहित ३५ जिल्ला उच्च जोखिममा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आज (सोमबार) देशभरका ३५ जिल्लामा बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार काठमाण्डुसहित ३५ जिल्ला र यसआसपासका खोला तथा नदीमा बाढी आउने सम्भावना रहेको हो ।

बाढी महाशाखाका अनुसार आज सबैभन्दा बढी बाढीको जोखिम काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक र आसपासका जिल्लामा देखिएको छ।

यी जिल्लालाई ओरेन्ज अलर्ट जारी गरिएको छ ।

साथै आज पाँचथर, इलाम, झापा, मोरङ, सप्तरी, सुनसरी, भोजपुर, संखुवासभा, दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ, तनहुँ, मकवानपुर, बारा, पर्सा, रौतहट, चितवन, नवलपरासी(पूर्व, नवलपरासी–पश्चिम, पाल्पा, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, कैलाली र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम छ।

यस्तै आज कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशलगायत कोसी, बागमती र गण्डकी प्रदेशका तराई र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।