काठमाण्डु – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले राजनीतिक द्वन्द्वलाई हटाएर शान्ति प्रक्रियाको बाटोमा संविधान निर्माण गरेर अगाडि बढिसकेको बताएका छन् ।
बिहीबार काठमाण्डुमा आयोजित एक कार्यक्रममा उनले नेपालमा केही नबिग्रिएको भन्दै राजनीतिक द्वन्द्वलाई हटाएर शान्ति प्रक्रियाको बाटोमा अगाडि बढेको बताए ।
उनले भने, ‘नेपालमा केही बिग्रिएको छैन, हाम्रो देश ढलेको छैन, जुरुक्कै उठेको छ, भूकम्पपछि हाम्रो सम्पदाहरू जस्ताको त्यस्तै उठेका छन् । हाम्रा स्कूल, स्वास्थ्य संस्था सबै उठेका छन् । कोभिडको कारण अर्थतन्त्र कमजोर भयो, अब त्यो पनि बिस्तारै चलायमान हुने दिशामा छ । राजनीतिक द्वन्द्वलाई हटाएर शान्ति प्रक्रियाको बाटोमा संविधान निर्माण गरेर अगाडि बढि सकेको अवस्था छ ।’
उनले देशमा भएको स्रोतलाई प्रयोग गर्न सक्ने खुबी बाहिर ल्याउने हो भने देश समृद्ध हुने पनि बताए ।
उनले भने, ‘हामी कुनै युद्ध र भोकमरी भोगिरहेका छैनौं । हामी कसैको शत्रु छैनौं, त्यसकारण हाम्रो देशलाई समृद्धिको बाटोमा लान्छौं, यो देशको भविष्य छ । देशमा भएको स्रोतलाई प्रयोग गर्न सक्ने खुबी बाहिर ल्याउने हो भने हाम्रो देश समृद्ध हुन्छ ।’
प्रतिक्रिया