काठमाण्डु – अधिवक्ता बद्रिराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीले लहडका भरमा संसद विघटन गरेको आरोप लगाएका छन् ।
आइतबार संसद विघटनविरुद्ध परेको रिटमाथिको सुनुवाईका क्रममा बोल्दै अधिवक्ता भट्टले २०४७ सालमा जस्तो संसद विघटनको अधिकार अहिले प्रधानमन्त्रीलाई नभएको जिकिर गरेका छन् ।
‘लहडमा आएर संसद् विघटन गरिएको छ । ४७ सालको संविधानले जस्तो अहिलेको संविधानले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने कुनै अधिकार दिएको छैन,’ अधिवक्ता भट्टले भने, ‘मुलुकलाई संविधानबमोजिम अघि बढाउनका लागि विघटनलाई तत्काल बदर गरौं ।’
उनले आफू पनि जनता भएकाले देश र संविधानको माया भएको र संसद् विघटन बदर गरेर देशलाई संविधानबमोजिम अघि बढाउन अनुरोध गरेका छन् ।
प्रतिनिधि सभा विघटनविरुद्धका रिटहरूमाथि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी सदस्य छन् । अहिले उक्त मुद्दामाथि सुनुवाइ भइरहेको छ ।




प्रतिक्रिया