बगदादमा १०० वर्ष पछि भारी हिमपात


एजेन्सी – इराकी मौषममा अचानक देखा परेको परिवर्तनले राजधानी समेत आसपासको क्षेत्रको तस्वीरमा परिवर्तन आएको छ । बगदादमा यो दुर्लभ दृश्य करिब १०० वर्षपछि देखिएको हो ।

राजधानीवासीले मंगलबार बिहान टाढा–टाढासम्म हिउँले ढाकेको देखेका छन् । मानिसहरु हिउँमा तस्वीर लिनका लागि लालायीत भएका छन् । हिउँको सेतो पछ्यौरी बगदाद समेत कयौं सहरका अतिरिक्त सिया समुदायको पवित्र सहर कर्बलामा पनि देखिएको छ ।

यो भन्दा पहिले यसरी हिउँले ढाकिएको अवस्था १९१४ मा देखिएको थियो । विश्व मौषम विज्ञान विभागका अनुसार फेब्रुअरीमा इराकमा हिउँ पर्नु दुर्लभ हो । मौषममा देखिएको यो अचानक परिवर्तन युरोपमा आधि र हिउँको हावाका कारण भएको हो ।

यद्यपि यो भन्दा पहिले २००८ मा पनि हिउँ परेको थियो । तर यती ठूलो मात्रामा परेको थिएन । सामान्य रुपमा हेर्ने हो भने इराकमा गर्मीको प्रकोप धेरै हुने गर्छ । इराकम गर्मीको समयमा तापक्रम ५१ डिग्रीसम्म हुने गरेको छ । वैज्ञानिकका अनुसार समुद्रको तापक्रमले कनेक्टिभ सिस्टमलाई प्रभावित गर्छ । विगतका केही वर्षदेखि जलवायु परिवर्तनका कारण तापक्रममा पनि वृद्धि हुदै आएको छ । यसको असर स्पष्ट रुपमा देखिन थालेको छ ।

खाडी देशमा १०० वर्षपछिको दुर्लभ दृश्य
सताब्दीमा दोस्रो पटक यस किसिमको दुर्लभ दृश्य देखिएको छ । यहाँ ४८ घन्टामा ४ इन्च भन्दा बढी हिउँ परेको छ । हिउँ परेका कारण तापक्रममा गिरावट आएर ५ डिग्रीसम्म पुगेको छ । यो भन्दा पहिले यती धेरै मात्रा मा १९१४ मा हिउँ परेको थियो ।

हिउको सेतो ओड्नी राजधानी समेत शिया समुदायको पवित्र सहर कर्बला तथा मोसुलमा पनि देखिएको छ । मौषम विज्ञान विभागका अनुसार उत्तरी इराकमा हिउँ पर्नु सामान्य हो । तर, मध्य र दक्षिणी इराकमा यो दुर्लभ हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement