काठमाण्डु– बागलुङमा बाढी तथा पहिरोमा परी मृत्यु हुनेको संख्या १२ पुगेको छ । ताराखोला, तमानखोला र निसीखोलामा गरि १२ जनाको मृत्यु भएको छ भने एक जना अझै बेपत्ता छन् ।
ताराखोला गाउँपालिका–५, सिपमा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।
मृत्यु हुनेमा ५५ वर्षीय दिलबहादुर पुन र उनकी ७९ वर्षीया सासु, म्याग्दीको मालिका गाउँपालिका–२ निवासी नरमाया रोका रहेका छन् । पहिरोमा परी पुनकी श्रीमती, दुई छोरा र बुहारी सामान्य घाइते भएका छन् ।
शनिबार ताराखोलामा एक जनाको मृत्यु भएको थियो । आइतबार तमानखोला गाउँपालिकामा चार जनाको मृत्यु हुनुका साथै एक जना बेपत्ता भएका थिए । त्यस्तै, निसीखोला गाउँपालिकामा पाँच जनाको मृत्यु भएको थियो ।
लगातारको वर्षाका कारण जिल्लाका विभिन्न क्षेत्रमा बाढी, पहिरो र डुबानको जोखिम बढेपछि स्थानीय प्रशासन तथा सुरक्षा निकायले उद्धार र खोजी कार्यलाई तीव्रता दिएका छन् ।




प्रतिक्रिया