बागलुङ -२ बाट माओवादीका देवेन्द्र पौडेल निर्वाचित


बाग्लुङ –  बागलुङ क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्य पदमा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेल निर्वाचित भएका छन् । पौडेलले २४ हजार ७७९ मत ल्याएर निर्वाचित भएका हुन् ।

पौडेलका प्रतिस्पर्धी एमालेकी मञ्जु शर्माले २० हजार १८० मत प्राप्त गरिन् । पौडेल र शर्माको मतान्तर ४५९९ रहेको छ । सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकी तीला खत्री २ हजार ३२५ मत प्राप्त गर्दै तेस्रो स्थान बनाउन सफल भइन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement