बागमती प्रदेश सरकार सञ्चालनबारे ३ दलबिच ६ बुँदे समझदारी

बागमती प्रदेश सरकार सञ्चालनबारे ३ दलबिच ६ बुँदे समझदारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – बागमती प्रदेश सरकार सञ्चालनका विषयमा सत्तारुढ दल नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राप्रपाबिच सहमति भएको छ ।

सहमतिअनुसार नेपालको संविधानले अंगीकार गरेको मूल मान्यतालाई अवलम्बन गर्दै समृद्ध बागमती प्रदेश निर्माणमा साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।

सरकार गठनमा सत्ता साझेदार दलहरूबिच सहमतिका आधारमा अधिकतम ८ मन्त्रालय बनाउने र प्रदेश सभाको रिक्त सभामुख पद नेकपालाई दिने सहमति भएको छ ।

प्रदेश सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम तयार गरी आगामी ७ दिनभित्र सार्वजनिक गर्ने सहमति भएको छ । त्यसका लागि ३ दलका प्रतिनिधि सदस्य रहेको ७ सदस्यीय समिति गठन गरिने भएको छ ।

सहमतिअनुसार समितिमा एमालेबाट डा. दिनेशचन्द्र देवकोटा र केशवप्रसाद पोखरेल, राप्रपाबाट राजेन्द्र प्रजापति र नुरज बज्राचार्य, नेकपाबाट रत्न ढकाल, उर्मिला लामा र लक्ष्मण लम्साल सदस्य छन् ।