बागमती प्रदेशसभा बैठक असोज २१ गते बस्ने


हेटौंडा – बागमती प्रदेशसभा बैठक असोज २१ गते दिउँसो ३ः०० बजे बस्ने गरी बोलाइएको छ ।

बैठकमा २ विधेयक छलफलका लागि पेश गर्ने तयारी गरिएको बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

बागमती प्रदेशसभा बैठक यसअघि असोज १७ गते बुधबार बसेर अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको थियो ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राप्रपा, नेमकिपा र हाम्रो नेपाली पार्टीका गरी ११० जना प्रदेशसभा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement