बागमती सरकारमा हाम्रो नेपाली पार्टीका बज्राचार्य मन्त्री नियुक्त


मकवानपुर – बागमती प्रदेश सरकारमा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य मन्त्री नियुक्त भएका छन् ।

सरकार टिकाउन बज्राचार्यलाई मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद् विस्तार गरिएको छ ।

मुख्यमन्त्री शालिकराम जम्कट्टेलले उनलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएका छन् । उनले मातृ (नेपाल) भाषामा शपथ ग्रहण गरेका छन् ।

यसअघि बागमती प्रदेशका सत्तारुढ दलबीच ५ बुँदे सहमति भएको छ । नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले सहमति गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement