एकीकृत समाजवादीले बागमतीका मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने


काठमाण्डु- नेकपा एकीकृत समाजवादीले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएको छ ।

सोमवार नेकपा एसले मुख्यमन्त्री शालिकरामलाई विश्वासको मत दिने निर्ण गरेको हो । एकीकृत समाजवादी बागमती प्रदेशसभा संसदीय दलका नेता कृष्णप्रसाद खनालले अहिलेलाई विश्वासको मत दिने बताए ।

यसभन्दा अघि भने नेकपा एसले बागमतीमा विश्वासको मत दिन सरकारमा आलोपालोको शर्त राखेको थियो । गत फागुन २३ गते नेपाली कांग्रेसले आफ्ना मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि आज मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement