मुख्यमन्त्रीले विश्वासको मत लिने बैठक ४ बजेसम्म स्थगित


काठमाण्डु – बागमती प्रदेशसभा बैठक सोमबार अपराह्न ४ बजेसम्मका लागि स्थगित भएको छ ।

दिउँसो १ बजेका लागि बोलाइएको बैठक अपराह्न ४ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।

बैठक बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको भए पनि सत्ता गठबन्धनमा देखिएको खटपटका कारण बैठक बस्न ढिलाइ भएको छ ।

एकीकृत समाजवादीकी प्रदेशसभा सदस्य रमा आले मगर बैठकमा सहभागी हुन नगएपछि समस्या उत्पन्न भएको छ । उनले मन्त्री माग्दै बैठकमा नगएको बताइएको छ । उनलाई गठबन्धनका नेताहरूले मन्त्री बनाउने आश्वासन दिएपछि उनी काठमाण्डुबाट हेटौंडामा पुग्न लागेकी जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement