बागमतीमा फसेका १७ जनाको उद्धारका लागि सेनाको हेलिकप्टर मगाइयो


रौतहट – अविरल वर्षापछि रौतहट र सर्लाहीको बीचमा पर्ने बागमती नदीमा बाढी आएपछि बागमती नदीको बगरमा १७ जना फसेका छन् ।

उनीहरुको उद्धारका लागि सेनाको हेलिकप्टर मगाइएको रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिए । उनीहरु रुखमा चढेर उद्धारको लागि हारगुहार मागिरहेका छन् ।
वृद्धावन नगरपालिका–१ बलेरीखोरस्थित बागमती नदी किनारमा फसेकालाई उद्धारको लागि लिखित पत्र पठाएर सेनाको हेलिकप्टर मगाइएको प्रमुख थापाले जानकारी दिए ।

त्यस्तै गढीमाइ नगरपालिका–६ पकहाबखरी टोलका ४० वर्षीया दुलारी देवी वेपत्ता भएकी हुन । पकहाबखरी टोलमा २ सय घर परिवारको बसोबास रहेको छ । उक्त घरहरु डुबानमा परेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement