एमालेले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लियो (पत्रसहित)

एमालेले बागमती सरकारलाई दिएको समर्थन फिर्ता लियो (पत्रसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेकपा एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमालेले बुधबार सो प्रदेश प्रमुख दीपक प्रसाद देवकोटालाई समर्थन फिर्ताको पत्र बुझाएको हो ।

साउन २० गते नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँको नेतृत्वमा गठन भएको सरकारलाई दिएको समर्थन २०८३ साउन ६ गतेदेखि लागू हुने गरी फिर्ता लिएको जानकारी गराएका हुन्। 

प्रदेश सरकारमा नेकपा एमालेका ६ मन्त्री सहभागी छन् । यसअघि एमालेले सरकारमा रहेका आफ्ना मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिँदै सरकारबाट बाहिरिने निर्णय गरिसकेको थियो।

सोही अनुसार आजै मुख्यमन्त्री बानियाँ समक्ष सामूहिक राजीनामा दिने तयारी छ। राजीनामा पत्र भने बिहानै सार्वजनिक भइसकेको छ ।

जगन्नाथ थपलियाले काटेको पत्रमा ‘मिति २०८२ श्रावण २० गते नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता माननीय ईन्द्रबहादुर बानियाँको नेतृत्वमा गठित बागमती प्रदेश सरकारलाई नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदान गरेको समर्थन दलको निर्णयबमोजिम आज मिति २०८३ श्रावण ६ गतेदेखि फिर्ता लिएकोले नेपालको संविधानको धारा १८८ को उपधारा (२) को प्रयोजनका लागि जानकारी गराइएको व्यहोरा अनुरोध गर्दछु ।’ भनिएको छ ।