बेगनास तालमा डुंगा दुर्घटना, दुई जनाको मृत्यु ५ जना बेपत्ता


पोखरा – बेगनातालमा डुंगा पल्टिँदा २ जनाको मृत्यु र पाँच जना बेपत्ता भएका छन् ।

 मृत्यु हुनेमा लेखनाथ सामुदायिक अस्पतालमा पोखरा–२८ की कृष्णकुमारी बजगाइँ र लेखनाथकी जमुना कडेंल रहेका छन् । बजगाइँको लेखनाथ सामुदायिक अस्पतालमा र कडेंलको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पोखरा लेखनाथ ३०, बेगनासका कमलराज कँडेलले शनिबार आफ्नो घरमा दर खान आएका चेलीबेटीलाई लिन गएको उक्त ढुंगा फर्कने क्रममा दुर्घटनामा परेको हो। ढुंगा पल्टिएको देखेपछि एक जलारी किशोरीले आफन्तसहित पुगेर उद्दार गरेकी थिइन् । उद्दार गरिएका सपना खनाल, निशा पौडेलको यतिबेला लेखनाथ समुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

दर खान आएका आफन्त सवार डुंगा पल्टिएपछि बेहोस भएका स्थानीय कमलराज कडेंललाई पनि उपचारका लागि अस्पताल पुर्याइएको छ । उनी अर्काे डुंगामा सवार थिए । बेपत्ता भएकाहरूको खोजी कार्य भइरहेको कास्की प्रहरी प्रमुख तथा प्रवक्ता रवीन्द्र गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement