काठमाण्डु – बाग्मती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले देश तथा विदेशमा सीपको आवश्यक पर्ने भएकाले जुनसुकै सीप सिक्न जरुरी रहेको बताएका छन् ।
देश विकासका लागि सीप सिकेका युवा आवश्यक पर्ने भन्दै उनले हरेक युवाहरूले सीप सिक्न आवश्यक रहेको पनि बताए ।
काठमाण्डु महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको सीप मेलाको शनिबार अवलोकन गर्दै सबैखाले डाटा राख्न सकियो भने सुशासन कायम गर्न सकिने पनि औंल्याए । उनले भ्रष्टाचार गर्ने विधि अपनाउन सुझाव पनि दिए ।
अरुले गरेको कुरा हामी किन गर्न सक्दैनौं भन्ने महानगरले प्रमाण गरिदिएको दावी गरेको मुख्यमन्त्री लामाले सीप मेलाको प्रशंसा समेत गरे । नयाँ परिवर्तनका लागि टेक्नोलोजीलाई बढी प्राथमिकता दिए राम्रो हुने उनले बताए ।
प्रतिक्रिया