कांग्रेसले बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई अघि सार्ने

कांग्रेसले बागमतीको मुख्यमन्त्रीमा बहादुरसिंह लामालाई अघि सार्ने


काठमाण्डु – नेपाली कांग्रेसले बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीका लागि बहादुरसिंह लामालाई अघि सार्ने निर्णय गरेको छ ।

आइतबार बिहान हेटौंडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको प्रदेश सांसद रमेश महतले जानकारी दिए ।

बागमती प्रदेश सभामा कांग्रेसका ३७ सांसद छन् । लामा बागमती प्रदेश सभामा कांग्रेस संसदीय दलका नेता समेत हुन् ।

मुख्यमन्त्रीमा प्रदेश सभापति एवं सांसद इन्द्र बानियाँले पनि इच्छा देखाएका थिए । संविधानको धारा १६८ (२) अनुुसार दलको नेता बाहेकको व्यक्तिले पनि मुख्यमन्त्री दाबी गर्न पाउने व्यवस्था अनुसार बानियाँले आकांक्षा राखेका थिए ।

तर, अधिकांश सांसद लामाको पक्षमा देखिएपछि बानियाँ पछि हटेका हुन् ।