बहराइनमा नेपालीको ज्यान गएको छैन्ः दूतावास


बहराइन – बहराइनस्थित नेपाली दूतावसले बहराइनमा कोरोना भाइरसका कारण अहिलेसम्म नेपालीको ज्यान नगएको स्पष्ट पारेको छ ।

गैरआवासीय नेपाली संघको तथ्यांक भन्दै विभिन्न सञ्चार माध्यममा बहराइनमा तीन जना नेपालीको कोरोनाको कारण ज्यान गएको भन्दै आएको खबरको खण्डन गर्दै दूतावासले बहराइनमा अरु कारणले ज्यान गए पनि कोही पनि नेपालीको कोरोनाको कारण ज्यान नगएको स्पष्ट पारेको हो ।

बहराइनमा अहिलेसम्म ३३१ जना नेपालीमा कोरोना पुष्टि भएको छ । जसमध्ये कति नेपाली निको भए भनेर बहराइन सरकारले जानकारी दिएको छैन । तर बहराइनमा कोरोनाबाट निको हुनेको सङ्ख्या धेरै नै रहेको छ ।

बहराइनमा अहिलेसम्म ११ हजार २८८ जनामा कोरोना सङ्क्रमण भएको छ । जसमध्ये ६ हजार ६७३ जना निको भइसकेका छन् । ४ हजार ५९७ जनाको अस्पतालमा उपचार भइरहेको छ । बहराइनमा कोरोना सङ्क्रमणबाट अहिलेसम्म १८ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement