काठमाण्डु– पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुनसरीको देवानगञ्जमा भएको साम्प्रदायिक दंगा लाई अत्यन्त गम्भीर र चिन्ताजनक घटना भएको बताएका छन् ।
मंगलबार फेसबुकमा लेख्दै भट्टराईले सुरक्षाकर्मीसहित २२ जना गम्भीर घाइते हुने गरी साम्प्रदायिक दंगा हुनु अत्यन्त गम्भीर र चिन्ताजनक घटना घटना भएको बताएका हुन् ।
राजनीतिक शक्तिहरू र आम नाकरिकले यस्ता अवान्छित र हानिकारक घटना हुन नदिन उच्च विवेक र संयमको प्रयोग गर्नुपर्ने उनले बताए ।
उनले लेखेका छन् ‘अहिलेको वैज्ञानिक युग, बद्लिदो भूराजनीति र नेपालमा भर्खरै संघीय लोकतान्त्रिक गणतन्त्रले जरा गाड्दै गरेको अवस्थामा जेनजी विद्रोह पछि नवनिर्वाचित सरकार, सबै राजनीतिक शक्तिहरू र आम नाकरिकले यस्ता अवान्छित र हानिकारक घटना हुन नदिन उच्च विवेक र संयमको प्रयोग गरौं !’
उनले कसैलाई पनि यो वा उ बहानामा देशलाई अविकास र अस्थीरताको भूमरीमा फसाइराख्ने छुट नभएको बताए । ‘स्मरण रहोस्, अब हामी कसैलाई पनि यो वा उ बहानामा देशलाई अविकास र अस्थीरताको भूमरीमा फसाइराख्ने छुट छैन। आगामी दिन अझै चुनौतिपूर्ण हुनसक्छन्! हामी कसैलाई पनि इतिहासले क्षमा गर्नेछैन !’ उनले लेखेका छन् ।




प्रतिक्रिया