बझाङको मतगणना अन्तिम चरणमा, कसले कति मत पाए ?


काठमाण्डु- बझाङ-१ प्रदेश सभा अन्तर्गत मतगणना अन्तिम चरणमा पुगेको छ । मतगणना अन्तिम चरणमा पुग्दा नेकपा एमालेले अग्रता कायम राखेको छ ।

जसअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ११ हजार १०३ मत ल्याउँदा कांग्रेस उम्मेदवार अभिषेकबहादुर सिंहले १० हजार ७६१ मत ल्याएका छन् ।

त्यस्तै, नेकपा माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ७९७ मत तथा नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१० मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement