बझाङ गडरायमा दुई वर्षीया बालिकालाई बलात्कार गर्ने आफन्त पक्राउ


काठमाण्डु – बझाङमा दुई वर्षीया बालिकालाई बलात्कार गर्ने ६८ वर्षीय पुरुष पक्राउ परेका छन् । जिल्लाको खप्तडछान्ना गाउँपालिका वडा नम्बर–७ गडरायमा दुई वर्षीय बालिकालाई ६८ वर्षका पुरुषले बलात्कार गरेको आरोप लागेको थियो ।

ती पुरुषविरुद्ध बलात्कार गरेको भन्दै बालिकाकी आमाले प्रहरीमा जाहेरी दिएपछि पिडक पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी जागेश्वर भण्डारीले बलात्कारको आरोप लागेका पुरुषलाई पक्राउ गरेको बताए । ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान भइरहेको उनको भनाइ छ । अनुसन्धान सकिएपछि मात्रै ती पुरुषको नाम सार्वजनिक गरिने डिएसपी भण्डारीले जानकारी दिएका छन् ।

त्यस्तै महिला अधिकार मञ्च बझाङकी अध्यक्ष जयन्ती जोशीले दुई वर्षीय बालिका बलात्कृत भएको बताइन् । उनले बलात्कार गर्ने पुरुष ती बालिकाको आफन्त भएको बुझिएको जानकारी दिएकी छन् ।

‘मैले हिजो साँझ बालिकाकी आमालाई यसबारे सोधेकी थिए । बालिकालाई बलात्कार गर्यो भन्ने सुनिएको छ खासमा कुरा के हो ?, भनेर सोधे ।, मैले सोध्दा खेरि बालिकाकी आमाले भनिन्, यो कुरा सत्य हो। म बाहिर गएकी थिए । बाहिरबाट आएपछि छोरी चिच्याइरहेको आवाज सुने, त्यसपछि काेठामा जाँदा त्यसले त्यस्तो सम्बन्धन राखिरहेको थियो । अनी मैले मेरो छोरीलाई बचाउन खोजे, त्यसपछि मलाई पनि त्यसले धकल्यो ’, जोशीले उनको भनाइ उदृत गर्दै भनिन् ।

बालिकाकी आमाले मेडिकल रिपोर्ट पोजेटिभ आएको पनि जानकारी दिएको उनले बताइन । त्यस्तै जोशीले पिडकको नाम भने खुलाउन चाहिनन्न । ‘ बलात्कार गर्ने पुरुष खप्तड छान्ना गाउँपालि ७ गडरायकै भएको बुझिएको छ । तर, ती पुरुषको नाम भने मलाई थाहा छैन् ।’, उनले भनिन् ,

उनले आफूलाई पिडक र पिडित पक्षबीच मिलापत्र भइरहेकोबारे आफूलाई थाहा नभएको बताएकी छन् । त्यस्तै महिला सुरक्षा आवास बझाङकी अध्यक्ष गिता शाहीले आफन्तबाट ती दुई वर्षीय बालिका बलात्कृत भएको बताइन् । ‘बालिकाको आफन्त पर्नेले करणी गर्यो भन्ने मुद्धा दर्ता भएको छ । तर, ती पुरुषको नाम भने मलाई थाहा छैन् । घटना भने घटेकै हो । ’ फागुन १२ गते साँझ घरका कोही नभएको समयमा ती पुरुषले बालिकालाई बलात्कार गरेको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement