बझाङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु, ८ घाइते


बझाङ – बझाङमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । आज दिउँसो मष्टा गाउँपालिकाको डुङ्ग्रीबाट गाउँपालिकातर्फ गइरहेको जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको हो ।

जिप सडकबाट दुई सय मिटर तल खोल्सामा खसेको छ । दुर्घटनामा परी ८ जना घाइते भएका जिल्ला प्हरी कार्यालय बझाङले जनाएको छ । अहिले उद्धार कार्य जारी रहेकोले घाइते र मृतकको संख्या थपिन सक्ने प्रहरी निरीक्षक रमेश अवस्थीले बताए ।

जिपमा कति जना सवार थिए भन्ने एकिन भइसकेको छैन ।उद्धार कार्यमा नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयहरू जुटिरहेका छन्

प्रतिक्रिया दिनुहोस
Advertisement