बझाङमा जिप दुर्घटना, सात जना घाइते


बझाङ – बझाङको सदरमुकाम चैनपुरबाट सुर्मा गाँउपालिका जाँदै गरेको से १ ज ८९२ नम्बरको जिप सुर्मा गाँउपालिका–२ मा दुर्घटना हुँदा सात जना घाइते भएका छन् ।

घाईते हुनेमा सुर्मा गाँउपालिका–१ का रमेश बोहरा, सन्तोस बोहरा, रन्जित बोहरा, झल्के बोहरा, सुर्मा–४ का अस्मिता बोहरा र सुर्मा– ३ का कलशा बोहरा रहेको प्रहरी कार्यलयले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक ऋर्षिराम कँडेललेका अनुसार घाईते सबैको जिल्ला अस्पताल सिमखेतमा उपचार भैरहेको छ । जिप चालक सन्तोष बोहराको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

साँघुरो सडक र अफठ्यारो मोडमा जिपको ब्रेक नलाग्दा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक ऋर्षिराम कँडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement