बझाङकी छोरी गौरीका सिंह :आठौं राष्ट्रिय खेलकुदको सबैभन्दा सफल खेलाडी


नेपालगञ्ज – ओलम्पियन तथा कीर्तिमानी नेपाली पौडीवाज गौरिका सिंहले आठौं राष्ट्रिय पौडी च्याम्पियनमा १२ स्वर्ण जित्दै कीर्तिमान बनाएकी छन् । उनले चारवटा नयाँ राष्ट्रिय कीर्तिमान पनि बनाइन्। पदकको दृष्टिकोणले उनी आठौँ राष्ट्रिय खेलकुदको सबैभन्दा सफल खेलाडी बनेकी छिन्। नेपालगन्जको एउटा प्रतिस्पर्धा जितेपछि उनले भनिन, “मेरो बुवाको घर बझाङ हो। त्यसैले आफ्नै घरमा आएर खेलेझैँ महसुस भइरहेको छ।“ लण्डनमा बस्ने गौरिकाको नेपाली खेलकुद क्षेत्रमा विशेष परिचय बनेको छ ।

२०७३ साउनमा पौडीबाज गौरिका सिंह रियो ओलम्पिकमा सहभागी हुने खेलाडीमध्ये सबैभन्दा कान्छी उमेरकी खेलाडी भएकी थिइन् ।अन्तर्रा्ष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) ले ब्राजिलको राजधानी रियोमा सुरु भएको ओलम्पिक खेलकुदमा प्रतिस्पर्धा गर्ने खेलाडीमध्ये गौरिका सबैभन्दा कान्छी उमेरकी खेलाडी भएकी थिइन् ।

रियो ओलम्पिकमा दुई सय ६ देशबाट १० हजार दुई सय ९३ खेलाडीले सहभागिता जनाएका थिए । गौरिका सिंहले नेपालको प्रतिनिधित्व गर्दै एक मिटर ब्याक स्ट्रोकमा प्रतिस्पर्धा गर्दा उनी आधिकारिक रूपमा रियो ओलम्पिकमा प्रतिस्पर्धा गर्नेमध्ये कान्छी उमेरकी खेलाडी घोषित भएकी थिइन् । त्यसपछि गौरिकाले नेपालको राष्ट्रिय टोलीबाट भारतको सिलोङ र गुवाहाटीमा सम्पन्न १२ औं दक्षिण एसियाली खेलकुदमा समेत सहभागिता जनाएकी गौरिकाले नेपाललाई चार पदक दिलाएकी थिइन् । १२ औं सागमा गौरिकाले एक रजत र तीन कांस्य पदक जितेकी थिइन् । उनले नेपालको तर्फबाट गत अगस्टमा रसियाको काजनमा भएको विश्व च्याम्पियनसिपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।

लण्डनमा बस्ने गौरिकाको नेपाली खेलकुद क्षेत्रमा विशेष परिचय छ। ब्राजिलको रियो ओलिम्पिक्सकी कान्छी खेलाडी बन्दा उनी विश्वव्यापी चर्चामा आएकी थिइन्। नेपाली पौडीका लागि उनी अझ विशेष छिन्। दक्षिण एशियाली खेलकुदमा एकल रजत जितिसकेकी उनी नेपाललाई दक्षिण एशियाली खेलकुदमा व्यक्तिगत स्वर्ण दिलाउन सक्ने एक्ली उम्मेदवार हुन्। त्यो अवसर यसै वर्ष काठमाडौंमा हुने सागको १३ औँ संस्करणमा हुन सक्छ।

प्रतिक्रिया दिनुहोस
Advertisement