बझाङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु


बझाङ – बझाङ जिल्लाको खप्तड छान्ना गाउँपालिकामा पहिरोले पुरिएर एकै घरका ४ जनाको मृत्यु भएको छ।

स्थानीयका अनुसार पहिरोमा परिएर मृत्यु हुनेमा महिला स्वास्थ्य स्वंयमसेविका महेश्वरी थापा, उनका नाबालक छोरा कृष्ण थापा, उनकी सासु उज्जली थापा र मंगल थापा रहेका छन्।

घाइते हुनेमा मृतक थापाकै छोरा कवि थापा र ऋकेश थापा रहेका जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ । बजारबाट घर फर्किने क्रममा पानी परेपछि उनिहरु ओत लाग्न खलेगाडा भन्ने ठाउँको शिवमन्दीर क्षेत्रको चुनढुंगा भीरमा रहेकोे ओडारमा बसेका थिए । ओडार भत्किएर उक्त घटना भएको हो ।

घटना स्थलमा छान्ना प्रहरी चौकी र जिल्ला प्रहरी कार्यालय बझाङबाट टोली गइसकेको जिल्ला प्रहरी प्रमुख ऋिषीराम कँडेलले जानकारी दिए । सो क्षेत्रमा आज बिहानैबाट पानी परिरहेको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement