बझाङमा युवक हत्या आरोपमा वडाध्यक्ष ऐडीसहित थप ३ जना पक्राउ


बझाङ – बझाङमा मंगलबार राति खुँडा प्रहार गरी युवक हत्या प्रकरणमा  वडाध्यक्ष विकास ऐडीसहित थप तीन जना प्रक्राउ परेका छन् ।

बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या गरिएको आरोपमा नेपाल कम्युनिष्ट पार्टी नेकपाबाट निर्वाचित वडा नम्बर ३ का वडाध्यक्ष विकास ऐडी, ज्ञानबहादुर कडायत, प्रकाश ऐडी र केदार ऐडीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक रूपक खड्काले जानकारी दिए ।

छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको मंगलबार भएको निर्वाचन सकेर घर फर्कंदै गर्दा सिंहमाथि खुँडा प्रहार भएको थियो।

‘सिंहको काननेर गहिरो चोट छ। खुँडा प्रहार भएको भन्ने छ,’ उनले भने। घटना मंगलबार बेलुकी सात बजेतिरको हो। विद्यालयमा नेकपा र नेपाली कांग्रेस समर्थित गरी दुई समूह चुनावमा थियो। कांग्रेस पक्षले चुनाव जितेपछि नेकपाले आक्रमण गरेको बताइएको छ।

सिंहको शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल राखिएको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement