बाँकेमा बम विस्फोट, द्वन्द्वकालीन माइन भएको हुनसक्ने अनुमान


काठमाण्डु- बाँकेको राप्ती सोनारी गाउँपालिका-८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएको छ । आइतबार पूर्व-पश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिका-८, नयाँगाउँ नजिकै सडक किनारमा विस्फोटक पदार्थ विस्फोट भएकोे हो ।

उक्त विस्फोटक पदार्थ द्वन्द्वकालीन माइन हुनसक्ने अनुमान गरिएको छ। विस्फोटका कारण राजमार्गको आधा खण्ड उडेको छ । विस्फोटबाट मानवीय क्षति भने भएको छैन । तर, सडक किनारमा ठूलो खाल्डो परेका कारण सवारी साधन एकतर्फी मात्र सञ्चालन भएका थिए ।

आज बिहान नेपाली सेना सहितको सुरक्षाकर्मीको टोलीले विस्फोट भएको स्थानको अवलोकन गरेको थियो । सो टोलीले द्वन्द्वकालमा छाडिएको माइन विस्फोट भएको हुनसक्ने अनुमान गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement