प्राधिकरणले बक्यौता रहेका सबै उद्योगको टीओडी मिटरको विवरण लेखा समितिमा बुझायाे

प्राधिकरणले बक्यौता रहेका सबै उद्योगको टीओडी मिटरको विवरण लेखा समितिमा बुझायाे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली प्रयोग गरेका सबै उद्योगको टीओडी मिटरको तथ्यांक संसद्को सार्वजनिक लेखा समितिमा बुझाएको छ।

प्राधिकरणले बिहीबार टीओडी मिटरको तथ्यांक संसद्को सार्वजनिक लेखा समितिमा बुझाएको कार्यकारी निर्देशक कुलमान घिसिङले पत्र मार्फत जानकारी दिएका छन् ।

लेखा समितिले गत सोमबार बक्यौता रहेका उद्योगहरुको टीओडी मिटरको सबै विवरण बुझाउन  प्राधिकरणलाई पत्र काटेको थियो।

समितिको पत्रसँगै प्राधिकरणले सबै विवरण समितिमा पेस गरेको हो।

निर्देशक घिसिङले ३० पोकामा एक ट्रक कागज पठाएका छन् । त्यसमध्ये सबैभन्दा बढी २३ पोका लग सिट रहेको उल्लेख गरेका छन् ।