अन्तर्राष्ट्रिय बाल यौन दुराचारीको गन्तव्य बन्दै नेपाल


काठमाडौँ – पछिल्लो समय काठमाडौँ उपत्यका र त्यस आसपासका जिल्लामा बाल यौनदुराचारका घटना एकपछि अर्को गर्दै बढ्न थालेका छन्। घटना बढेसँग बाल यौन दुराचारको अभियोगमा विदेशी नागरिकसहित नेपालीसमेत पक्राउ परेका छन्। संगठित रूपमा नभएपनि कतिपय विदेशी नागरिकले नेपाललाई बाल यौन दुराचारको गन्तव्यका रूपमा लिन थालेको प्रहरी अधिकारीहरूको भनाइ छ।

अर्थिक वर्ष २०७३र०७४ साल सुरु भएयता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०ले १२ विदेशी नागरिकसहित १४ जना बाल यौनदुराचारीलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याइसकेको छ। पक्राउ पर्नेमा अधिकांश विदेशी नागरिक छन्।

आर्थिक वर्ष ०७३र७४ २ विदेशी र १ नेपाली नागरिक बाल यौन दुराचारको आरोपमा पक्राउ परेका छन्। त्यस्तै आर्थिक वर्ष ०७४र७५ मा ५ विदेशी नागरिक पक्राउ परेका छन् भने आर्थिक वर्ष ०७५र७६ मा ५ विदेशी र १ नेपाली नागरिक पक्राउ परेका छन्। पक्राउ परेका नागरिक निदेशी नागरिक जर्मनी, युएसए अष्ट्रिया, नेदरल्यान्ड, क्यनाडा, फ्रान्स र यूकेका रहेका छन्। पक्राउ परेका अधिकांश बाल यौन दुराचारी उमेर ५० भन्दाबढी रहेको छ।

सीआइबीले झन्डै तीन वर्षमा बाल यौनदुराचारीबाट पीडित ४० जनाभन्दा बढी बालबालिकाको उद्धार गरिसकेको छ । उद्धार गरिएका बाल–बालिकाहरूको उमेर धेरैको १२ देखि १६ वर्षसम्म रहेको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ।

‘दुई नेपालीसहित १२ विदेशी नागरिक यस्तो किसिमको अपराधमा संलग्न भएको पाइएको छ’, सीआइबीका प्रवक्ता एसपी सुदिप गिरीले भने ‘पटक–पटक विदेशी नागरिकहरू यस्तो अपराधमा संलग्न भएको खुलेपछि हामीले त्यस्ता घट्ना न्यूनीकरणका लागि विशेष निगरानी बढाएका छौं।’ पर्यटक भिसामा नेपाल आएर विदेशी नागरिकहरूले १० देखि १६ वर्षसम्मका बालकका अभिभावकलाई समेत प्रलोभनमा पारेर यौन दुराचार गरेको अनुसन्धानबाट खुलेको सीआईबीले जनाएको छ।

सीआईबीका प्रवक्ता गिरीले भने,ुघुमाउन लिएर जाने, बच्चाहरूलाई के–के किनिदिने, रेष्टुरेन्ट लिएर जाने, परिवारहरूलाई कोही बिरामी हुँदा उपचार गराइदिनेजस्तो सहयोग गरेर बालबालिकहरूलाई यौन दुराचार गरेको पाइएको छ।ु पक्राउ परेका सबैजना विरूद्ध बाल यौन दुराचारको अभियोगमा अदालतमा मुद्दा चलाइएको सीआईबीले जनाएको छ। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement