पत्रपत्रिका

बालगृहबाट १ सय २२ को उद्दार

काठमाडौं – केन्द्रीय बाल कल्याण समिति र बालबालिका खोजतलास समन्वय केन्द्रले एउटै बालगृहबाट १ सय २२ जना बालबालिकालाई उद्दार गरेको जनाएको छ । बूढानीलकण्ठ नगरपालिका–९ स्थित सुकेधारमा रहेको ऐश्वर्य बालगृहबाट बालबालिकालाई उद्दार गरेको बालबालिका खोजतलास केन्द्रका प्रहरी निरीक्षक मोहन विक्रम दाहालले बताउनुभयो ।

dish home

मापदण्डविपरीत, बालबालिकाको अधिकार हनन हुने गरी, कानुनविपरीत बालबालिका थुपारेर बालबालिकाको बिजोग गरेको सूचनाको आधारमा उनीहरुको उद्दार गरिएको उहाँले बताउनुभयो । उनीहरुलाई आठ घण्टा लगाएर उद्दार गरिएको प्रहरी निरीक्षक दाहालले भन्नुभयो। ‘हामीले सूचना पाउनेबित्तिकै हामी बालगृह पुग्यौँ । त्यहाँ पुगेपछि आश्चार्य चकित केमा भयौँ भने कल्पना गरेको भन्दा धेरै बालबालिका र त्यहाँको अवस्था निकै दयनिय थियो’, उहाँले भन्नुभयो– ‘भेडा बाख्रा कोचिएर राखेको जस्तै गरी बालबालिका राखिएको थियो ।’

बालबालिकाको अवस्था निकै दयनीय तथा सफा सुग्घर पनि नभएको र पेटभरिसमेत खाना नपाएको समेत भेट्टिएको थियो । ती बालबालिकालाई पढाइरहेको भने पनि कलमकापी समेत दिइएको थिएन । यस्तो अवस्था देखेपछि उद्दार गर्नुपरेको उद्दारमा खटिनुभएका दाहालले बताउनुभयो । केन्द्रले महानगरीय प्रहरी वृत्त, महाराजगञ्जको टोलीसँग समन्वय गरी सञ्चालक निर्मला घिमिरेका छोरा प्रमोदराज घिमिरेलाई नियन्त्रणमा लिइएको जनाएको छ ।यो खबर आजको समाचारपत्रमा छ ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android App iOS App
ad

धेरै पढिएको समाचार

Vianet
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android App iOS App
Scroll to Top