मालीका रक्षा मन्त्री कामाराको हत्या, परिवारका अन्य ३ सदस्य पनि मारिए

मालीका रक्षा मन्त्री कामाराको हत्या, परिवारका अन्य ३ सदस्य पनि मारिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– आत्मघाती ट्रक बम विस्फोटमा परि मालीका रक्षा मन्त्रीको मृत्यु भएको छ। राजधानी बामाको नजिकैस्थित निवासमा भएको विस्फोटमा परि रक्षा मन्त्री सादियो कामाराको मृत्यु भएको हो ।

उनी देशभर जिहादी लडाकु र पृथकतावादी समूहहरूले गरेको आक्रमणमा परेको बीबीसीले जनाएको छ ।

सरकारका प्रवक्ताका अनुसार, मन्त्री कामाराले आक्रमणकारीहरूसँग केही समय दोहोरो भिडन्त गरेका थिए । केही लडाकूलाई मार्न सफल भएका थिए । तर, गम्भीर घाइते भएका उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

रिपोर्टका अनुसार सैन्य जुन्टाका प्रमुख जनरल असिमी गोइतालाई उनको घर लक्षित आक्रमणपछि सुरक्षित स्थानमा सारिएको थियो।

उत्तरी क्षेत्रमा मालीको सेनाले भाडामा लिएका रुसी भाडाका सैनिकहरूले दुई दिनको झडपपछि किदाल क्षेत्रबाट फिर्ता हुने सहमति गरेका छन्, जुन कुरा पृथकतावादी आजावाद लिबरेशन फ्रन्ट (एफएलए) ले जनाएको छ।

कामाराको परिवार र फ्रान्सेली मिडियालाई उद्धृत गर्दै समाचार एजेन्सीहरूले काती क्षेत्रमा अल–कायदासँग आबद्ध लडाकुहरूले गरेको उक्त आक्रमणमा उनका परिवारका कम्तीमा तीन सदस्य पनि मारिएको जनाएका छन्।